‘बाइ’लाइन

पत्रिकामा छापिने समाचारको हेडलाइनपछि बोल्ड अक्षरमा लेखिने नामलाई ध्यान दिइन् जतिबेलासम्म यसको महत्व थाहा थिएन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि किताबका पाना र कपीमा ध्यान केन्द्रित भयो ।


गाउँमा बसोबास भएका कारण पत्रपत्रिका पढ्न पाउने अवसर कमै मात्र जुर्थ्याे । कमै अवसर जुर्दा समाचारको हेडलाइन पछि देखिने बाइलाइनले ध्यान तान्थ्यो । विस्तारै यसले आकर्शित गर्न थाल्यो ।

पत्रिकाहरुमा देखिने बाइलानले पत्रकारिता विषयको अध्ययन र यो क्षेत्रमा सक्रिय बनाउन उत्प्ररित ग¥यो । हो त्यहीँ बाइलानले सात वर्षअघि अध्ययनसँगै भविष्यको खोजी गर्दै गाउँदेखि सहरसम्म ल्यायो ।
पत्रकारितामा पहिलो बाइलाइन मोफसल साप्ताहिक पत्रिकामा छापिएको थियो । पथरीबाट प्रकाशित हुने मोफसलमा पत्रकार दिनेश सुब्बाको पहलमा जोडिएको थिए । ग्रामिण क्षेत्रबाट पत्रकार उत्पादन गर्दै भविष्य खोजीमा सहरको यात्रा गर्न प्ररित गर्ने मोफसल केही वर्षयता बन्द छ  ।

मोफसलमा जोडिएपछि २०६५ सालको दशैंको मुखमा अग्रपृष्ठमा छापिएको पहिलो बाइलान समाचार सम्झदा अझै मन आनन्दित हुन्छ ।

पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने तिब्र चाहानालाई पूरा गर्न दिनेश दाजुकै पहलमा विराटनगर आउने बातावरण बन्यो । २०६९ साल मंसिरमा प्रवेश गर्दा विराटनगर अनौठो र अपरिचित थियो । वि.स २०६९ फागुन १० गतेदेखि लोकप्रिय ‘उद्‌‌‌‌‌घाेष दैनिक पत्रिकासँग जोडिएर काम गर्ने अवसर मिल्याे ।

पत्रकारिता बुझेको तर व्यावहारत कमजोर भएका कारण सुरुका केही दिन कठिनाइ हुनु स्वाभाविक थियो । तर उद्घोष टिमका कारण सिक्ने र काम गर्न अवसर सधै पाइरहे । हिजो अस्ती जस्तो लाग्थ्यो तर उद्‌‌‌‌‌घाेष जोडिएको सात वर्ष बितेछ । यो सात वर्षको अवधीमा पछाडी फर्केर हेर्नु परेन् ।

उद्‌‌‌‌‌‌‌घाेष टिमको प्रेम र मार्गदर्शनले निरन्तर कामप्रति केन्द्रित हुन उर्जा थप्यो ।   यो अवधीमा तिता भन्दा मिठा पलहरु धेरै छन् । हरेक दिन नयाँ उर्जा र जोशका साथ रिपोर्टीङकालागि धेरै स्थानमा पुगियो । यो अवधीमा लेखिएका धेरै समाचारले ताली पायो । केही समाचारले गालीसँगै धम्की पायो । उद्‌‌‌‌‌घाेष परिवारले  निरन्तर अघि बढ्न प्रेणित गरिरह्यो । जुन अझै निरन्तर छ । भोली पनि रहनेछ । सिक्ने क्रममा केही त्रुटि  भए । ती त्रुटि  जीवनको अमुल्य सिकाई बने ।

सात वर्षको दौरानमा ब्याक एण्ड वाइट उद्‌‌‌‌‌‌‌घाेष दैनिक ब्रोडसिट बन्यो । सादा पेपरमा छापिएको बाइलान र ब्रोडसिट पेपरमा आउने बाइलाइनले पनि काम गर्न उर्जा थप्यो । अझ सम्पादक मोहन भण्डारी, बन्धु पोखरेल,  बिक्रम निरौला, कमल रिमाल, टेकेन्द्र अधिकारी, सञ्जिव खनाल, बिजय खतिवडासहित उद्घोष टिमले सिकाउँदा काम गर्न सजिलो भयो । सुरुका दिनहरुमा भीम घिमिरे सरको छत्रछाँयामा बसेर काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिल्यो ।

पछिल्लो दशकमा प्रविधिको विकास तिब्रगतिमा भयो । समाजमा सामाजिक सञ्जालको प्रभावसँगसँगै मल्टिमिडिया जर्नालिजमको प्राक्टिसलाई तिब्र गतिमा अघि बढ्दै गयो । प्रविधिको तिब्र बिकासले पत्रपत्रिकाको ब्यापार र सर्कुलेशनलाई प्रभाव पार्याे । 

प्रत्येक विहानी प्रिण्ट मिडियाले दिने घटनाको जानकारी अहिले सामाजिक सञ्जालले तुरुन्तै दिन्छ । प्रविधिले संसारलाई सानो मोबाइल भित्र समेटेको छ ।

प्रबिधिको तिब्र बिकाससँगै नेपालमा मल्टीमिडिया जर्नालिजमको प्राक्टिसपनि फस्टाउँदै छ । प्रिन्ट मिडियाका पाठक अनलाइन मिडिया तर्फ केन्द्रित भएका छन् । म आफू पनि प्रिन्टबाट प्रविधि केन्द्रित पत्रकारिता तर्फ केन्द्रित हुने प्रयास गर्दैछु ।

करिब सात वर्ष लामो उद्घोष दैनिकसँग यात्रापछि अबको यात्रा अनलाइन पत्रकारिता तर्फ केन्द्रित भएको छ । नयाँ चुनौति र अवसरलाई आत्मसाथ गर्दै लोकप्रिय उद्घोष दैनिकबाट बिदा लिएको छु ।

अबको यात्रा काठमाडौंबाट सञ्चालित www.onlinekhabar.com र विराटनगरबाट सञ्चालित republicheraldmedia.com मार्फत हुनेछ ।

२०७६ मंसिर १ गते 

Comments

Popular posts from this blog

भेस्पा स्कुटरमा सरस्वती

यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित