Posts

Showing posts from September, 2019

‘मिसन बुनिया’

Image
रोशनहरि अधिकारी                                                                                                                                       शिक्षाकी देवी सरस्वतीको पूजाको आफ्नै  महत्व छ । विद्यार्थी भएकाले उलाई सरस्वती पूजाले मज्जाले नै छुन्थ्यो ।श्रीपञ्चमीका दिन सरस्वती माताको पूजा कम बुनियाको बढि याद आउछ उलाई । सानै देखि गुलियो खाने बानी भएर होला पूजाको फर्मालिटी पूरा गरेपछि उसकाे मिसन नै बुनिया हुन्थ्यो । कक्षा १ पढ्दादेखि सरस्वती पूजा गर्न थालेको याद छ उसलाइ । सँगै पढेकाले सरस्वती माताको पूजा गर्न भन्दाबढि बुनियालागि उसले धेरै संघर्ष गरेकाे देखेकाे  छु मैले । एउटा स्कूलले विद्यार्थीले बुनिया पाउन कति संघर्ष गर्छ भन्ने बाध्यता  उसलाई थाहा छ उसैकाे स‌गतले गर्दा थाेरै थाेरै थाहा छ मलाई । कक्षा ३ सम्म पढाई हुने म पढ्ने स्कूलमा विद्यार्थी कमै थिए । फोटोमा सरस्वती पूजा गरिन्थ्यो । पर्सादीको रुपमा बयर, उखु, मेवा, प्रसस्तै हुन्थ्यो तर बुनिया थोरै । सरस्वतीको पूजाको तयारी हुदै गर्दा बुनियाकालागि संघर्ष चलिरहन्थो हाम्रो । पूजा सकेपछि सवै विद्यार्थीलाई लाईन लाएर पर्