Posts

Showing posts from May, 2020

विपदको बेला निजी अस्पतालसँग हारेको दुई तिहाई

Image
१८ बैशाख बिहान विराटनगरस्थित कोशी अस्पतालमा एक जना बिरामी बिजोग अवस्थामा बसेको जानकारी साथीमार्फत पाएँ । बिहान ११ बजे पुग्दा मधेशी मुलका अधबैंशे बिरामीमा सिकिस्त अवस्थामा इमरजेन्सी अगाडि बसिरहेका थिए । बिहान ९ : ३० बजेदेखि अस्पतालमा भर्नाका लागि आफन्तमार्फत अनुनय–विनय गर्दै सुनसरी देवानगञ्ज गाउँपालिका–१ का रवीन्द्र यादव इमरजेन्सी अगाडिको चिसो भुइँमा बसिरहन बाध्य भएका थिए । मैले अस्पताल प्रशासनसँग जानकारी लिँदा आइतबार कोशीमा भर्ना भएका उनको स्वास्थ्य अवस्था विगिएका कारण मृगौला डाइलसिस गर्न मिल्ने र भेन्टिलेटर भएको सुविधासम्पन्न अस्पताल लैजान भनिएको रहेछ । सिकिस्त बिरामीलाई भाइ रामलालले बुधबार राति नोबेल मेडिकल कलेज लिएर गए । तर ज्वरो देखिएपछि नोबेलले गेटबाटै फिर्ता पठायो । त्यसपछि उनी बरगाछीस्थित लाइफगार्ड पुगे । तर नोबेलकै जस्तो व्यवहार लाइफगार्डमा पनि भयो । कतै भर्ना नपाएछि भाई रामलालले बुधबार राति १२ बजे दाजुलाई रवीन्द्रलाई घर पुर्याए । रवीन्द्रले किटनाशक औषधि सेवन (विष) गरेका थिए । जसले गर्दा प्रत्येक सेकेण्ड