Posts

Showing posts from December, 2019

‘बाइ’लाइन

Image
पत्रिकामा छापिने समाचारको हेडलाइनपछि बोल्ड अक्षरमा लेखिने नामलाई ध्यान दिइन् जतिबेलासम्म यसको महत्व थाहा थिएन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि किताबका पाना र कपीमा ध्यान केन्द्रित भयो । गाउँमा बसोबास भएका कारण पत्रपत्रिका पढ्न पाउने अवसर कमै मात्र जुर्थ्याे । कमै अवसर जुर्दा समाचारको हेडलाइन पछि देखिने बाइलाइनले ध्यान तान्थ्यो । विस्तारै यसले आकर्शित गर्न थाल्यो । पत्रिकाहरुमा देखिने बाइलानले पत्रकारिता विषयको अध्ययन र यो क्षेत्रमा सक्रिय बनाउन उत्प्ररित ग¥यो । हो त्यहीँ बाइलानले सात वर्षअघि अध्ययनसँगै भविष्यको खोजी गर्दै गाउँदेखि सहरसम्म ल्यायो । पत्रकारितामा पहिलो बाइलाइन मोफसल साप्ताहिक पत्रिकामा छापिएको थियो । पथरीबाट प्रकाशित हुने मोफसलमा पत्रकार दिनेश सुब्बाको पहलमा जोडिएको थिए । ग्रामिण क्षेत्रबाट पत्रकार उत्पादन गर्दै भविष्य खोजीमा सहरको यात्रा गर्न प्ररित गर्ने मोफसल केही वर्षयता बन्द छ  । मोफसलमा जोडिएपछि २०६५ सालको दशैंको मुखमा अग्रपृष्ठमा छापिएको पहिलो बाइलान समाचार सम्झदा अझै मन आनन्दित हुन्छ । पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने तिब्र चाहानाला