Posts

Showing posts from January, 2020

भेस्पा स्कुटरमा सरस्वती

Image
सरस्वती पूजा बहिनीले भोलि भन्दा मात्र झसँग भए । व्यस्तताले होला वर्षाैंदेखिको प्रिय देवीको पूजा गर्न अरुले नै सम्झाउनु पर्‍यो । स्कूलमा हुँदा सरस्वती पूजाको मिति एक महिनाअघि नै थाहा पाउथेँ । बुनियाँ कहाबाट ल्याउने, मूर्ति कस्तो ल्याउने, लिंगो गाड्ने की नगाड्ने, धजापतका टाँस्ने की नटाँस्ने, प्रसादीमा के–के मिसाउने, मूर्ति सेलाउन कहाँ लैजाने भन्ने विषयले एक महिनाअघि नै कक्षा कोठामा प्रवेश पाउँथ्यो । तर आज अघिल्लो दिन मात्र थाहा पाएँ । प्रिय विद्याकी देवी तिमीप्रतिको आस्था घटेको छैन । विश्वास टुटेको छैन । तिमीले उब्जाएका शब्दहरू सापटी लिएर मैले लगाएको बाली राम्रैसँग फस्टाउँदैछ । तर स्कूल छुटेका कारण तिम्रो विषेश दिन याद भएन । चित्त नदुखाउ ल । हिजोको जस्तो बुनियाँ बाँड्ने योजना बनाउन सक्दिँन् । तर ती मिठा पलहरू सम्झिएर तिम्रो पूजा गर्छु । रातको पौने ११ बजिसकेको थियो । एक्कासी मानसपटमा आएकी तिमीले बालापनको याद दिलाइदियौं । सानैदेखि गुलियो खाने बानी भएर होला आज तिम्रो मूर्तिभन्दा बढी गुलियो बुनियाँ र टर्रो बयरको सम्झना आइरहेको छ । कक्षा १ पढ्दादेखि तिमीलाई पूज