सपनामा सगरमाथा सम्म
धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ । निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउँदै थिएँ। उनीहरु सगरमाथाको आधार शिविरसम्म पुग्ने योजना बनाउँदै थिए । म भान्साबाट उनीहरुलाई प्याकेज नै बनाएर जाउँ भनेर आग्रह गर्दै थिएँ । मेरो मोवाइलको घण्टी बजिरहेको थियो । हल्लाले गर्दा मोवाइलको रिङ मेरो कानसम्म पुगेको थिएन । दाई फोन आयो– निरजले भन्यो । कस्को हो ? भान्साबाटै मैले सोधें । खै नम्बर सेभ छैन । चिया उम्लिदै थियो हतार हतार मोवाइल भएको ठाउमा आए । नम्बर सेभ थिएन । रिसिभ गरेंँ । भाइ के छ हालचाल सञ्चै छौ ? फोन कानमा पर्ने वित्तिकै आवाज गुञ्जियो । नम्बर नचिनेपनि आवाज कतै सुने जस्तो लाग्यो । मान्छे चिनेँ । उहाँ प्रदेश नम्बर ७ मा बस्ने मेरो जेठो दाजु हुनुहुन्थ्यो । पूर्व आउँकी भनेको घुम्नलाई । उहाँले भन्नु भयो । होर, आनुहोस् न म छँदै छु नी । परिवारसहित आउने योजना बनाएको भाइ घुम्ने ठाउँ त छ नी पू