Posts

Showing posts from August, 2022

विशेष रिपोर्ट : एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु, कसैको गरिएन ‘पोस्ट-मार्टम’

Image
विराटनगर । जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका थिएनन् । कात्तिक २५ गते मध्यरातमा बिरामी परे भनियो, सोही रात कोशी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरे । २०७८ भदौ तेस्रो सातायता गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर आउन दिने र नदिने समूहबीच कारागारभित्र विवाद थियो । खड्का ल्याउन नदिने ग्रुपमा थिए । मृत्युअघि कारागारभित्र उनीमाथि कुटपिट भएको हल्ला कैदी बन्दीले सुनेका थिए । तर, उनको मृत्युपछि न घटनाको छानबीन भयो न शवको पोस्ट–मार्टम नै । आफन्त आएर शव बुझेर लगे । मामिला सामसुम भयो ।  ४ मंसीर २०७८ मा ६३ वर्षीय गोपाल शर्माको मोरङ कारागारमै मृत्यु भयो । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–१० का शर्माको मृत्यु कारागार प्रशासनको लापरबाहीले भएको आफन्तले गुनासो गरे । तर, यो गुनासो माथि न कहीं छानबीन भयो न उजुरी दर्ता नै । यतिसम्म कि उनको शवको पोस्ट–मार्टम समेत भएन । मृतक शर्माका आफन्त गोपाल ढकाल भन्