Posts

Showing posts from November, 2022

यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित

Image
मोरङ १ : चौथो परीक्षामा लेटाङका दुई शिक्षक २४ असोज, विराटनगर । ‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए । लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको विगतको पेसा पनि एउटै हो । तर फरक फरक पार्टीमा रहेका कारण ३० वर्षयता एक–अर्कासँग चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । ‘व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ’, लिम्बूले भने, ‘मैले चुनाव जितेका बेला २०७० मा लेटाङको नगरसभा स्थलमा घनश्यामले बाइकमा बोकेर मलाइ पुर्‍याए, उहाँले चुनाव जितेका बेला २०७४ को नगरसभामा मैले मोटरसाइकलमा बोकेर लगे ।’ घनश्याम २०३४ सालदेखि वुद्ध माध्यमिक विद्यालय, केराबारीमा शिक्षक थिए । मदन भण्डारीको संगतपछि स्थायी शिक्षकको जाागिर छाडेर पूर्णकालीन राजनीतिमा लागे । २०४२ सालमा जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्च उठेका उनी चुनाव हारेपछि जेल परे । ६ महिनापछि जेलबाट छुटेका उनी भूमिगत भए । २०४५ मा धनक