Posts

यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित

Image
मोरङ १ : चौथो परीक्षामा लेटाङका दुई शिक्षक २४ असोज, विराटनगर । ‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए । लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको विगतको पेसा पनि एउटै हो । तर फरक फरक पार्टीमा रहेका कारण ३० वर्षयता एक–अर्कासँग चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । ‘व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ’, लिम्बूले भने, ‘मैले चुनाव जितेका बेला २०७० मा लेटाङको नगरसभा स्थलमा घनश्यामले बाइकमा बोकेर मलाइ पुर्‍याए, उहाँले चुनाव जितेका बेला २०७४ को नगरसभामा मैले मोटरसाइकलमा बोकेर लगे ।’ घनश्याम २०३४ सालदेखि वुद्ध माध्यमिक विद्यालय, केराबारीमा शिक्षक थिए । मदन भण्डारीको संगतपछि स्थायी शिक्षकको जाागिर छाडेर पूर्णकालीन राजनीतिमा लागे । २०४२ सालमा जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्च उठेका उनी चुनाव हारेपछि जेल परे । ६ महिनापछि जेलबाट छुटेका उनी भूमिगत भए । २०४५ मा धनक

विशेष रिपोर्ट : एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु, कसैको गरिएन ‘पोस्ट-मार्टम’

Image
विराटनगर । जिल्ला कारागार मोरङका कैदी नारायण खड्काको २५ कात्तिक २०७८ मा मृत्यु भयो । बलात्कार मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गरिरहेका उनी अघिल्लो दिनसम्म ठीकठाक अवस्थामा थिए । ६ वर्षसम्म उनी एक दिन पनि अस्पताल गएका थिएनन् । कात्तिक २५ गते मध्यरातमा बिरामी परे भनियो, सोही रात कोशी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरे । २०७८ भदौ तेस्रो सातायता गुण्डा नाइके अभिषेक गिरीलाई विराटनगर आउन दिने र नदिने समूहबीच कारागारभित्र विवाद थियो । खड्का ल्याउन नदिने ग्रुपमा थिए । मृत्युअघि कारागारभित्र उनीमाथि कुटपिट भएको हल्ला कैदी बन्दीले सुनेका थिए । तर, उनको मृत्युपछि न घटनाको छानबीन भयो न शवको पोस्ट–मार्टम नै । आफन्त आएर शव बुझेर लगे । मामिला सामसुम भयो ।  ४ मंसीर २०७८ मा ६३ वर्षीय गोपाल शर्माको मोरङ कारागारमै मृत्यु भयो । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–१० का शर्माको मृत्यु कारागार प्रशासनको लापरबाहीले भएको आफन्तले गुनासो गरे । तर, यो गुनासो माथि न कहीं छानबीन भयो न उजुरी दर्ता नै । यतिसम्म कि उनको शवको पोस्ट–मार्टम समेत भएन । मृतक शर्माका आफन्त गोपाल ढकाल भन्

विपदको बेला निजी अस्पतालसँग हारेको दुई तिहाई

Image
१८ बैशाख बिहान विराटनगरस्थित कोशी अस्पतालमा एक जना बिरामी बिजोग अवस्थामा बसेको जानकारी साथीमार्फत पाएँ । बिहान ११ बजे पुग्दा मधेशी मुलका अधबैंशे बिरामीमा सिकिस्त अवस्थामा इमरजेन्सी अगाडि बसिरहेका थिए । बिहान ९ : ३० बजेदेखि अस्पतालमा भर्नाका लागि आफन्तमार्फत अनुनय–विनय गर्दै सुनसरी देवानगञ्ज गाउँपालिका–१ का रवीन्द्र यादव इमरजेन्सी अगाडिको चिसो भुइँमा बसिरहन बाध्य भएका थिए । मैले अस्पताल प्रशासनसँग जानकारी लिँदा आइतबार कोशीमा भर्ना भएका उनको स्वास्थ्य अवस्था विगिएका कारण मृगौला डाइलसिस गर्न मिल्ने र भेन्टिलेटर भएको सुविधासम्पन्न अस्पताल लैजान भनिएको रहेछ । सिकिस्त बिरामीलाई भाइ रामलालले बुधबार राति नोबेल मेडिकल कलेज लिएर गए । तर ज्वरो देखिएपछि नोबेलले गेटबाटै फिर्ता पठायो । त्यसपछि उनी बरगाछीस्थित लाइफगार्ड पुगे । तर नोबेलकै जस्तो व्यवहार लाइफगार्डमा पनि भयो । कतै भर्ना नपाएछि भाई रामलालले बुधबार राति १२ बजे दाजुलाई रवीन्द्रलाई घर पुर्याए । रवीन्द्रले किटनाशक औषधि सेवन (विष) गरेका थिए । जसले गर्दा प्रत्येक सेकेण्ड

भेस्पा स्कुटरमा सरस्वती

Image
सरस्वती पूजा बहिनीले भोलि भन्दा मात्र झसँग भए । व्यस्तताले होला वर्षाैंदेखिको प्रिय देवीको पूजा गर्न अरुले नै सम्झाउनु पर्‍यो । स्कूलमा हुँदा सरस्वती पूजाको मिति एक महिनाअघि नै थाहा पाउथेँ । बुनियाँ कहाबाट ल्याउने, मूर्ति कस्तो ल्याउने, लिंगो गाड्ने की नगाड्ने, धजापतका टाँस्ने की नटाँस्ने, प्रसादीमा के–के मिसाउने, मूर्ति सेलाउन कहाँ लैजाने भन्ने विषयले एक महिनाअघि नै कक्षा कोठामा प्रवेश पाउँथ्यो । तर आज अघिल्लो दिन मात्र थाहा पाएँ । प्रिय विद्याकी देवी तिमीप्रतिको आस्था घटेको छैन । विश्वास टुटेको छैन । तिमीले उब्जाएका शब्दहरू सापटी लिएर मैले लगाएको बाली राम्रैसँग फस्टाउँदैछ । तर स्कूल छुटेका कारण तिम्रो विषेश दिन याद भएन । चित्त नदुखाउ ल । हिजोको जस्तो बुनियाँ बाँड्ने योजना बनाउन सक्दिँन् । तर ती मिठा पलहरू सम्झिएर तिम्रो पूजा गर्छु । रातको पौने ११ बजिसकेको थियो । एक्कासी मानसपटमा आएकी तिमीले बालापनको याद दिलाइदियौं । सानैदेखि गुलियो खाने बानी भएर होला आज तिम्रो मूर्तिभन्दा बढी गुलियो बुनियाँ र टर्रो बयरको सम्झना आइरहेको छ । कक्षा १ पढ्दादेखि तिमीलाई पूज

‘बाइ’लाइन

Image
पत्रिकामा छापिने समाचारको हेडलाइनपछि बोल्ड अक्षरमा लेखिने नामलाई ध्यान दिइन् जतिबेलासम्म यसको महत्व थाहा थिएन् । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि किताबका पाना र कपीमा ध्यान केन्द्रित भयो । गाउँमा बसोबास भएका कारण पत्रपत्रिका पढ्न पाउने अवसर कमै मात्र जुर्थ्याे । कमै अवसर जुर्दा समाचारको हेडलाइन पछि देखिने बाइलाइनले ध्यान तान्थ्यो । विस्तारै यसले आकर्शित गर्न थाल्यो । पत्रिकाहरुमा देखिने बाइलानले पत्रकारिता विषयको अध्ययन र यो क्षेत्रमा सक्रिय बनाउन उत्प्ररित ग¥यो । हो त्यहीँ बाइलानले सात वर्षअघि अध्ययनसँगै भविष्यको खोजी गर्दै गाउँदेखि सहरसम्म ल्यायो । पत्रकारितामा पहिलो बाइलाइन मोफसल साप्ताहिक पत्रिकामा छापिएको थियो । पथरीबाट प्रकाशित हुने मोफसलमा पत्रकार दिनेश सुब्बाको पहलमा जोडिएको थिए । ग्रामिण क्षेत्रबाट पत्रकार उत्पादन गर्दै भविष्य खोजीमा सहरको यात्रा गर्न प्ररित गर्ने मोफसल केही वर्षयता बन्द छ  । मोफसलमा जोडिएपछि २०६५ सालको दशैंको मुखमा अग्रपृष्ठमा छापिएको पहिलो बाइलान समाचार सम्झदा अझै मन आनन्दित हुन्छ । पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने तिब्र चाहानाला

‘मिसन बुनिया’

Image
रोशनहरि अधिकारी                                                                                                                                       शिक्षाकी देवी सरस्वतीको पूजाको आफ्नै  महत्व छ । विद्यार्थी भएकाले उलाई सरस्वती पूजाले मज्जाले नै छुन्थ्यो ।श्रीपञ्चमीका दिन सरस्वती माताको पूजा कम बुनियाको बढि याद आउछ उलाई । सानै देखि गुलियो खाने बानी भएर होला पूजाको फर्मालिटी पूरा गरेपछि उसकाे मिसन नै बुनिया हुन्थ्यो । कक्षा १ पढ्दादेखि सरस्वती पूजा गर्न थालेको याद छ उसलाइ । सँगै पढेकाले सरस्वती माताको पूजा गर्न भन्दाबढि बुनियालागि उसले धेरै संघर्ष गरेकाे देखेकाे  छु मैले । एउटा स्कूलले विद्यार्थीले बुनिया पाउन कति संघर्ष गर्छ भन्ने बाध्यता  उसलाई थाहा छ उसैकाे स‌गतले गर्दा थाेरै थाेरै थाहा छ मलाई । कक्षा ३ सम्म पढाई हुने म पढ्ने स्कूलमा विद्यार्थी कमै थिए । फोटोमा सरस्वती पूजा गरिन्थ्यो । पर्सादीको रुपमा बयर, उखु, मेवा, प्रसस्तै हुन्थ्यो तर बुनिया थोरै । सरस्वतीको पूजाको तयारी हुदै गर्दा बुनियाकालागि संघर्ष चलिरहन्थो हाम्रो । पूजा सकेपछि सवै विद्यार्थीलाई लाईन लाएर पर्

सपनामा सगरमाथा सम्म

Image
धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ । निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउँदै थिएँ। उनीहरु सगरमाथाको आधार शिविरसम्म पुग्ने योजना बनाउँदै थिए । म भान्साबाट उनीहरुलाई प्याकेज नै बनाएर जाउँ भनेर आग्रह गर्दै थिएँ । मेरो मोवाइलको घण्टी बजिरहेको थियो । हल्लाले गर्दा मोवाइलको रिङ मेरो कानसम्म पुगेको थिएन । दाई फोन आयो– निरजले भन्यो । कस्को हो ? भान्साबाटै मैले सोधें । खै नम्बर सेभ छैन । चिया उम्लिदै थियो हतार हतार मोवाइल भएको ठाउमा आए । नम्बर सेभ थिएन । रिसिभ गरेंँ ।  भाइ के छ हालचाल सञ्चै छौ ? फोन कानमा पर्ने वित्तिकै आवाज गुञ्जियो ।  नम्बर नचिनेपनि आवाज कतै सुने जस्तो लाग्यो । मान्छे चिनेँ । उहाँ प्रदेश नम्बर ७ मा बस्ने मेरो जेठो दाजु हुनुहुन्थ्यो । पूर्व आउँकी भनेको घुम्नलाई । उहाँले भन्नु भयो । होर, आनुहोस् न म छँदै छु नी । परिवारसहित आउने योजना बनाएको भाइ घुम्ने ठाउँ त छ नी पू